Monday, May 28, 2012

The RajaRani Pokhari (pond) :- An Indentity

Welcome To RajaRani Lake

   राजारानी  पोखरीको  परिचय:





             राजारानी पोखरी  पूर्वी  नेपालको  रमणीय  स्थल   मध्ये  एक  हो । यो  पोखरी  धार्मिक  ,ऐतिहाँसिक  र पर्यटकीय  स्थल को रुपमा  पनि  लिनसकिन्छ ।  यहाँ  तीन  पोखरी  छन्  । राजारानी पोखरी  मोरंग  जिल्ला ,भोगटेनी गा  बि  स  वडा नं  ८  को  राजारानी  सामुदायिक  बन  भित्र  अवस्थित  छ  । यो पोखरी  मोरंग  जिल्लाको  सदरमुकाम  बिराटनगरबाट  ५० किलोमिटर उत्तर , पूर्व -पश्चिम  राजमार्गको बेलबारी  बजारबाट १६ किलोमिटर  उत्तर साथै  बयरबन   गा  बि  स  को कानेपोखरी -लेटांग  सडक  हुँदै १४ किलोमिटर  टाढा  पर्दछ ।यस  राजारानी क्षेत्र  र  पोखरीको बारेमा  विभिन्न  किन्बदंतिहरु  पाइन्छन् । यो पोखरी एउटा  सानो उपत्यका जस्तो देखिने  यहाँ सयौं  प्रजातिका  पुतली ,दुई  दर्जन  भन्दा  बढी   जीवको बासस्थान   मात्र  नभएर  विश्व  प्रसिद्ध  र   विश्वबाट  लोप  हुन्   लागेको सुन्दर सुनखरी फुल को  (orchid flowers) बासस्थान   पनि  हो ।पोखरी वरिपरी  हराभरा ,सुन्दर र  हरियाली वन देख्न  सक्छौं । यस  पोखरीलाई  राजारानी समुदिक  बनका  उपभोक्ताहरुले   संरक्षण   गर्दै  आइरहेका  छन्  ।

Lotus Flwer











         



The Settelment


The Settlement:-
   बसोबास :-
         राजरानी  पोखरीको  पूर्व  पट्टी  डांडामा  एक क्षत्र  रुपमा  मगर  जातिको  बसोबास  छ।यस  बाहेक  पोखरीको वरपर  बस्ती    भने छैन। हरियाली जंगल  मात्र  देख्न सकिन्छ । यहाँ  बाट  ३ -४ किलमीटर  टाढा  मात्र  बस्ती  र टोल पाऊन  सकिन्छ । टोलहरु  लोखरा, बगुवा ,अँधेरी , कत्तिके .मुर्चुंगी ,भालुवा , तूर्के ,खैरेनी ,फड़नी, बगर टोल  आदि । राजारानी पोखरीलाई  धिमाल जातिले  आफ्नो  उदगम , पौराणिक र  एतिहाँसिक थालो  माने पनि , यो पोखरीको  वरपर  र  माथि  उल्लेखित  ठाऊँहरुमा भने  धिमाल  जातिको  घर धुरी  छैन । यहाँ  मिश्रित  रुपमा बिभिन्न  जाति सम्प्रदायहरु  एकत्रित  रुपमा  मिलेर  बसेको पाईन्छ  जसमा  राई, लिम्बू , तमांग , मगर , क्षेत्री ,बहून आदि ।

The RajaRani Pond Conservation Committee:-

The RajaRani Pond Conservation Committee:-


welcome   to  rajarani  pokhari




Hi everybody Welcome to RajRani  Pokhari. 

Features


  • Features:-
@ विशेषताहरु :-

    यस  राजारानी पोखरीले  सानो क्षेत्र ओगटे  पनि  जैविक  बिबिधताले भरि  पूर्ण   भएकोले  विभिन्न कुराका  अध्यान , अबलोकन र  मनोरंजन  लिन  सकिन्छ । 

  •  पूर्वी  तराइको  चुरे  पर्वतमा  अवस्थित  पोखरीका लागि  अन्यत्रबाट  पानीको  मुहान छैन  तर  पनि  कहिले पोखरीमा पानी  सुक्दैन ।
  • जुन  सुकै  ऋतुमा पनि  उपयुक्त   हावा पानी छ  ।
  • राजारानी  पोखरी  भित्र  ४७ प्रजातिका  र पोखरी  वरपरको  जंगलमा ८०  प्रजातिका  तथा  विश्वमै  लोप  लागेको ३ प्रजातिका  सुनखरी फुलहरु  पाइन्छ ।
  • विभिन्न  प्रजातिका स्थल र  जल  प्राणीहरुको  अध्यन , अनुसन्धान  गर्न  सकिने।(कछुवा , गंगटो  , भ्यागुतो , सिंगी  माछा , झिंगे माछा ,-- अगिंगर  , सर्प ,मयुर , धनेष , कालिज , लुइचे , मृग , बदेल  आदि ) 
  • मोरंग  जिल्ला  र  पूर्वी  नेपालकै ऐतिहाँसिक , धार्मिक  र   पर्यटकीय  स्थल 
  • पूर्वी नेपालको  मनकामना  मन्दिरको  रुपमा  राजारानी  मन्दिर  तथा धिमाल  ग्राम थान को  दर्शन  गर्न   सकिने ।
  • बन भोज  कार्य क्रम को  लागि  शान्त  , शुन्दर  र  रमणीय   स्थल ।



Wednesday, May 23, 2012

Activity


Contact Us

Thanks for visiting

Contact Us:-
सम्पर्क :-
         आदरणीय  मनुभाबहरु  यो हाम्रो  वेबसाईट भ्रमण गर्नु  भएकोमा हजुरहरुलाई  धन्यवाद । फेरी  पनि हाम्रो   वेबसाईट भ्रमण गरी  दिनु  हुन आग्रहका  साथ  कुनै  समस्या  ,अनुरुध,  भएमा  हामीलाई  संपर्क  गर्न  सक्नु  हुनेछ ।   


 E-mail:-rajaranipokhari@ymail.com
Email:-rajaranipokhari@ymail.com
E-mail:-rajaranipokhari01@gmail.com

Feedback