भौगोलिक अवस्था
राजारानी पोखरी पूर्वमा लेटांग गा. बि.स ,उत्तर -पुर्विमा यांशिला र वारंगी , उत्तरमा भोगटेनी गा .बि.स कै टोल मर्चुंगी , कात्तिके र अँधेरी ,पश्चिममा केराबारी, पाटि गाँउ गा .बि .स पर्दछन् भने दक्षिणमा बेलबारी गा .बि. स र लेटांग गा . बि. स कै वडा नं ७ फडानी पर्दछन् । राजारानी पोखरीमा ३ वटा पुराना जिर्ण अबस्थाका पोखरीलाई यहाँका संरक्षण समितिले केहि नया रुप दिएका छन् । तीनै पोखरीमा बाध बाँधिएको छ ।
यी तीन पोखरीहरु ४० देखि ४२ हेक्टर क्षेत्रफलमा फैलीएकोछ् जुन राजा पोखरी , रानी पोखरी र राजकुमारी पोखरी हुन् ।रानी पोखरी सबै भन्दा ठुलो छ भने राज कुमारी पोखरी, रानी पोखरीको काखमा अबथित छ। राजारानी पोखरीको गहिराई हालसम्म थाहा हुनसकेको छैन । बूढा पाकाका भनाइ आनुसार ,राजारानी पोखरीको पुर्व पट्टि फेदीमा बग्ने चिसांग नदीको समथर भूभाग संग मिल्दो जुल्दो पोखरीको गहिराई रहेको भनाई छ भने यस पोखरीको उचाई चिसांग नदीको सतहबाट ५०० मिटरको उचाइमा रहेको छ ।
No comments:
Post a Comment