The Maharaja Gramthan of Dhimal caste
The Maharaja Gramthan of Dhimal caste:-
महाराजा ग्राम थान धिमाल जातिका
राजारानी पोखरीको उत्तर पुर्व डाँडामा धिमाल जतिको पुर्खौली महाराजको ग्राम थान रहेको छ । उक्त ग्राम थान मा प्रत्येक सालको बैसाख १ गते जाग्राम बसी २ गते गर्ने छ ।यस पूजाको लागि मोरंग , सुनसरी , झापा , इलाम काठमाडौँ लगयतका धिमालहरु हजारौंको संख्यामा उपस्थित भई जात्रीमेलाको रुपमा पुर्ख्यौली पूजा आफ्नै धिमाल जातिका पुजारी "धामी वारांग "बाट गर्ने गरिन्छ । किंबदन्ती अनुसार धिमाल पुर्खा राजा यस राजारानी पोखरीमा लोप भएको मानिन्छ भने धिमालको पुरोहित खरम धामीको १२ औं पुस्ताका पुजारी पुल्टुंग धामी पनि यसै पोखरीमा लोप भएको भनाइ छ । उक्त पोखरी नजिक रहेको ग्रामथानमा आफुले मागेका माग पुरा भएमा बोका , पाठा , कुखुरा आदिको बलि चढाउने गर्दछन । पुल्टुंग धामीलाई सम्झी भाकल गरे मनोकांक्ष पुरा हुने गरेको भनाइ छ ।
No comments:
Post a Comment