Monday, May 21, 2012

About lake

            सारंसमा   दुई शब्द:-

         हाम्रा  प्यारा  आदरणीय  मनुभावहरु , नमस्कार , हार्दिक स्वागत  साथै हाम्रो ब्लोग्स्पोट हेरी दिनु भएकोमा  हामी धेरै  धन्यवाद   हजुरहरुलाई  । हामीले  जे जति  देख्यौं  ,जान्यौं, बुझ्यौं  त्यो त  लेखि सकेका  छौं  तै पनि हजुरहरुलाई सारंसमा  बताउन चाहन्छौं । राजारानी पोखरी वास्तबमा भन्ने हो भने यो  एउटा सानो उपत्यका  जस्तो छ ।यो पोखरी  समुन्द्र  सतह  देखि ५०० मिटर  अग्लो स्थानमा  अबस्थित  छ ।यहाँको मौसम  सारै  मनमोहक छ .गर्मि मौसममा अधिकतम  ३५-३६  डिग्री   पोसे .हुन्छ भने  न्युनतम  १० डिग्री  से . सम्म  रहन्छ । त्यस्तै  जाडो मौसममा  अधिकतम २०-२१ डिग्री  से . र न्युनतम २-२.२  डिग्री से  सम्म  रहने  गर्दछ यहाँको  मौसममा कफी , चिया ,धान, कोदो , अदुवा , खुर्सानी , मकै ,अम्लिसो , तोरी  आदि  खेति गर्न उपयुक्त मौसम  र जमिन  भए पनि  हाल पोखरीको संरक्षणको हेतुले यहाँका  राजारानी  पोखरी संरक्षण समितिले  खेति गर्न  रोक लगाएको छ । राजारानी पोखरी भित्र ४७ प्रजातिका र  वरपरको जंगलमा ८० प्रजातिका  सुनाखरी फुलहरु  पाईन्छन भने  यहि  पोखरी क्षेत्रमानै  विश्वमा  नै  लोप हुन्  लागेका ३ प्रजातिका  सुनखरी फुल पनि  देख्न  पाइन्छ ।जसरी  सुनखरी फुलहरु  विभिन्न  फुल्छन त्यस्तै  सैयौं  प्रजातिका  पुतली  पनि  देख्न  सकिन्छ ।  यहाँ  सुनखरी फुलहरु  माघ महिना देखि  चैत्र  महिना सम्म  देख्न  सकिन्छ।

              यस  राजारानी पोखरी क्षेत्रमा  जीव  जन्तुको  पनि कम छैन , ३-४  प्रजातिका  माछाहरु (झिंगे  माछा , सिंगी माछा , बाम  माछा  आदि ) कछुवा ,भ्याँगुतो ,अजिंगर , पानी सर्प लगायत विभिन्न प्रजातिका चारहरु (कालिज ,लुइचे , धनेश ,सुन मैना , मैना , चिभे , मयुर आदि ) बाग ,बदेल, मृग आदि  पनि देख्नु  पाइन्छ  ।यहाँ  भारतका  सिमसार क्षेत्र लगायत अस्ट्रेलिया , सैबेरिया  लगायतका  सिमसार  क्षेत्रबाट  चारहरु  पुहुनाको  रुपमा  आउने गर्दछन 

         राजारानी मन्दिरको महिमा  पनि  कम छैन ।यहाँ  भक्त  जनले मनले मनले चिताएर  मागेमा आफ्नो  मनोकांक्षा  पुरा  हुन्छ भन्ने  विश्वास छ ।यसरी भाकल  गरिएका  आफ्नो  गक्ष्य   अनुसारको सामग्रीहरु  बैशाखको पहिलो  हप्तामा  (बैसाख  २ गते )  चढाउने  गर्दछन  ।यसरी  दर्शनार्थीहरुको विश्वासले  गर्दा  यो राजारानी  मन्दिर झापा , मोरंग ,सुनसरी  लगायत  पूर्वको मनकामना  मन्दिरको  रुपमा चिन्ने गरेको पाइन्छ।
      राजारानी  पोखरी क्षेत्रमा  वनभोज कार्यक्रमको लागि  पनि  उपयुक्त ठाउं छ । वनभोज कार्यक्रमको  लागि  पोखरीको  पश्चिम  ,दक्षिण  पट्टि हरियाली  जंगलको  सितल छहारीमा  अबस्थित छ ।वनभोज कार्यक्रम लिएर  आउने लाई ध्यानमा राखेर  खाने पानी, शौचालय ,इन्धन  आदिको  व्यवस्था  गरिएको छ ।
          
          आदरणीय  मनुभावहरु यसरी राजारानी  पोखरी  सानो  उपत्यका र  सानो  क्षेत्रमा  फैलिए पनि  धेरै महिमा बोकेको ठाउँ  हो । मनमोहक ,पर्यटकीय  स्थल मात्र  नभएर  एकै ठाउँमा  धेरै  बस्तुको अध्यन  अनुसन्धान  गर्न  सकिन्छ ।

No comments:

Post a Comment