Bio-Diversity:-
जैविक बिविधता:-
जैविक बिविधता:-
राजारानी पोखरी सुनखरी फुलले प्रख्यात छ ।यस पोखरीको क्षेत्र भित्र ४७ प्रजातिका सुनखरी फुलहरू पाइन्छ ।साथै विश्वमा लोप हुन लागेका ३ प्रजातिका सुनखरी फूलहरु पाऊनुका साथै वरपरको जंगलमा ८० प्रजातिका सुनखरी फूल्ने गर्दछ्न। जसरी यहाँ बिभिन्न प्रजतिका सुनखरी फुलहरु फुल्छन त्यसै गरी बिभिन्न प्रकारका पुतलीहरु पानी पीने गर्छन ।यस पोखरीमा रहेको माछाले पर्यटको मन लोभ्याउने मात्र होइन ,पोखरीमा रहेका जीबहरु कछुवा , अजिंगर , सर्प , सिंगी माछा , झींगे माछा , गंगटो, पानी हांस देख्नुका साथै धनेश , मयूर र कोइलीको मिठो स्वर पनि सुन्न सकिन्छ ।
यस क्षेत्र बिभिन्न आतंरिक तथा बहिय चरा चुरुंगीको बास स्थानको रुपमा पनि लिन सकिन्छ । यहाँ भारत लगायत साइबेरिया ,आस्ट्रेलिया मुलुकका सिमसार क्षेत्रका चरा चुरुंगीहरुले पनि समयको परिवर्तन अनुसार आफ्नो बास स्थान बनाउने गर्दछन । राजरानी पोखरीमा २ -३ प्रकारका कमलको फूल पनि देख्न सक्छौं साथै जल कुम्भी र बिभिन्न ठाऊंमा बिभिन्न रंगको पानी पनि देख्न पाईन्छ ।

No comments:
Post a Comment