Monday, May 28, 2012

The RajaRani Pokhari (pond) :- An Indentity

Welcome To RajaRani Lake

   राजारानी  पोखरीको  परिचय:





             राजारानी पोखरी  पूर्वी  नेपालको  रमणीय  स्थल   मध्ये  एक  हो । यो  पोखरी  धार्मिक  ,ऐतिहाँसिक  र पर्यटकीय  स्थल को रुपमा  पनि  लिनसकिन्छ ।  यहाँ  तीन  पोखरी  छन्  । राजारानी पोखरी  मोरंग  जिल्ला ,भोगटेनी गा  बि  स  वडा नं  ८  को  राजारानी  सामुदायिक  बन  भित्र  अवस्थित  छ  । यो पोखरी  मोरंग  जिल्लाको  सदरमुकाम  बिराटनगरबाट  ५० किलोमिटर उत्तर , पूर्व -पश्चिम  राजमार्गको बेलबारी  बजारबाट १६ किलोमिटर  उत्तर साथै  बयरबन   गा  बि  स  को कानेपोखरी -लेटांग  सडक  हुँदै १४ किलोमिटर  टाढा  पर्दछ ।यस  राजारानी क्षेत्र  र  पोखरीको बारेमा  विभिन्न  किन्बदंतिहरु  पाइन्छन् । यो पोखरी एउटा  सानो उपत्यका जस्तो देखिने  यहाँ सयौं  प्रजातिका  पुतली ,दुई  दर्जन  भन्दा  बढी   जीवको बासस्थान   मात्र  नभएर  विश्व  प्रसिद्ध  र   विश्वबाट  लोप  हुन्   लागेको सुन्दर सुनखरी फुल को  (orchid flowers) बासस्थान   पनि  हो ।पोखरी वरिपरी  हराभरा ,सुन्दर र  हरियाली वन देख्न  सक्छौं । यस  पोखरीलाई  राजारानी समुदिक  बनका  उपभोक्ताहरुले   संरक्षण   गर्दै  आइरहेका  छन्  ।

Lotus Flwer











         



The Settelment


The Settlement:-
   बसोबास :-
         राजरानी  पोखरीको  पूर्व  पट्टी  डांडामा  एक क्षत्र  रुपमा  मगर  जातिको  बसोबास  छ।यस  बाहेक  पोखरीको वरपर  बस्ती    भने छैन। हरियाली जंगल  मात्र  देख्न सकिन्छ । यहाँ  बाट  ३ -४ किलमीटर  टाढा  मात्र  बस्ती  र टोल पाऊन  सकिन्छ । टोलहरु  लोखरा, बगुवा ,अँधेरी , कत्तिके .मुर्चुंगी ,भालुवा , तूर्के ,खैरेनी ,फड़नी, बगर टोल  आदि । राजारानी पोखरीलाई  धिमाल जातिले  आफ्नो  उदगम , पौराणिक र  एतिहाँसिक थालो  माने पनि , यो पोखरीको  वरपर  र  माथि  उल्लेखित  ठाऊँहरुमा भने  धिमाल  जातिको  घर धुरी  छैन । यहाँ  मिश्रित  रुपमा बिभिन्न  जाति सम्प्रदायहरु  एकत्रित  रुपमा  मिलेर  बसेको पाईन्छ  जसमा  राई, लिम्बू , तमांग , मगर , क्षेत्री ,बहून आदि ।

The RajaRani Pond Conservation Committee:-

The RajaRani Pond Conservation Committee:-


welcome   to  rajarani  pokhari




Hi everybody Welcome to RajRani  Pokhari. 

Features


  • Features:-
@ विशेषताहरु :-

    यस  राजारानी पोखरीले  सानो क्षेत्र ओगटे  पनि  जैविक  बिबिधताले भरि  पूर्ण   भएकोले  विभिन्न कुराका  अध्यान , अबलोकन र  मनोरंजन  लिन  सकिन्छ । 

  •  पूर्वी  तराइको  चुरे  पर्वतमा  अवस्थित  पोखरीका लागि  अन्यत्रबाट  पानीको  मुहान छैन  तर  पनि  कहिले पोखरीमा पानी  सुक्दैन ।
  • जुन  सुकै  ऋतुमा पनि  उपयुक्त   हावा पानी छ  ।
  • राजारानी  पोखरी  भित्र  ४७ प्रजातिका  र पोखरी  वरपरको  जंगलमा ८०  प्रजातिका  तथा  विश्वमै  लोप  लागेको ३ प्रजातिका  सुनखरी फुलहरु  पाइन्छ ।
  • विभिन्न  प्रजातिका स्थल र  जल  प्राणीहरुको  अध्यन , अनुसन्धान  गर्न  सकिने।(कछुवा , गंगटो  , भ्यागुतो , सिंगी  माछा , झिंगे माछा ,-- अगिंगर  , सर्प ,मयुर , धनेष , कालिज , लुइचे , मृग , बदेल  आदि ) 
  • मोरंग  जिल्ला  र  पूर्वी  नेपालकै ऐतिहाँसिक , धार्मिक  र   पर्यटकीय  स्थल 
  • पूर्वी नेपालको  मनकामना  मन्दिरको  रुपमा  राजारानी  मन्दिर  तथा धिमाल  ग्राम थान को  दर्शन  गर्न   सकिने ।
  • बन भोज  कार्य क्रम को  लागि  शान्त  , शुन्दर  र  रमणीय   स्थल ।



Wednesday, May 23, 2012

Activity


Contact Us

Thanks for visiting

Contact Us:-
सम्पर्क :-
         आदरणीय  मनुभाबहरु  यो हाम्रो  वेबसाईट भ्रमण गर्नु  भएकोमा हजुरहरुलाई  धन्यवाद । फेरी  पनि हाम्रो   वेबसाईट भ्रमण गरी  दिनु  हुन आग्रहका  साथ  कुनै  समस्या  ,अनुरुध,  भएमा  हामीलाई  संपर्क  गर्न  सक्नु  हुनेछ ।   


 E-mail:-rajaranipokhari@ymail.com
Email:-rajaranipokhari@ymail.com
E-mail:-rajaranipokhari01@gmail.com

Feedback


Tuesday, May 22, 2012

Picnic spot 

      
वनभोज  स्थल :-

      राजरानी  पोखरीको  दक्षिण -पश्चिम  हरियाली  डांडाको  सीतल  छहारीमा  बनभोज  स्थल  छ । बनभोज  कार्यक्रम  लिई आउनेलाई  ध्यानमा  राखेर २  वटा  स -साना   तुन घरको  निर्माण  गरिएको छ ।जून  राजरानी  संरक्षण  समिति  र  आमा  समूहले  निर्माण गरेका हुन। यहाँ  असोज देखि  वैशाख   सम्म बनभोज  कार्यक्रम लिएर  आउने  गर्दछ्न। यसरी  बनभोज कार्यक्रमलाई  ध्यानमा  राखी  खाने पानी , शौचालयको  पनि ब्यबस्था  गरिएको छ । 

The Maharaja Gramthan of Dhimal caste

 The Maharaja Gramthan of Dhimal caste:-

महाराजा  ग्राम थान धिमाल  जातिका  

            राजारानी  पोखरीको  उत्तर  पुर्व  डाँडामा धिमाल  जतिको पुर्खौली  महाराजको ग्राम थान  रहेको छ । उक्त  ग्राम थान मा  प्रत्येक  सालको बैसाख  १  गते जाग्राम  बसी २ गते गर्ने  छ ।यस  पूजाको लागि मोरंग , सुनसरी , झापा , इलाम  काठमाडौँ लगयतका  धिमालहरु  हजारौंको संख्यामा उपस्थित  भई जात्रीमेलाको रुपमा पुर्ख्यौली पूजा आफ्नै धिमाल  जातिका  पुजारी "धामी  वारांग "बाट गर्ने  गरिन्छ । किंबदन्ती अनुसार धिमाल  पुर्खा राजा यस  राजारानी  पोखरीमा  लोप  भएको मानिन्छ  भने धिमालको  पुरोहित  खरम  धामीको  १२  औं  पुस्ताका  पुजारी पुल्टुंग  धामी पनि  यसै  पोखरीमा  लोप  भएको भनाइ छ । उक्त  पोखरी नजिक  रहेको ग्रामथानमा आफुले मागेका माग  पुरा  भएमा  बोका , पाठा , कुखुरा  आदिको  बलि चढाउने  गर्दछन । पुल्टुंग  धामीलाई  सम्झी भाकल  गरे मनोकांक्ष  पुरा  हुने  गरेको  भनाइ  छ । 


The RajaRani Temple

      The RajaRani Temple :-
       
       राजरानी  मन्दिर :-   

          राजरानी  मन्दिर  दुई  पोखरीको  बिचमा  रहेको  टापूमा  अब्स्थित  छ । यस पोखरीको  पश्चिममा  रानी पोखरी  र  उत्तर - पूर्वमा राजा  पोखरी  छ । पोखरीको  पूर्व  पट्टी  डांडामा   बसोबास  गर्ने  मगर  जातिहरुले  राजरानी  मन्दिरको  स्थापना  गरेका  हुन  भने  मन्दिरलाई  नयाँ  रूप  चाहिं पोखारीका संरक्षण  समिति , राजरानी  सामुदिक  वन  उपभोक्ता  समिति  र भोगाटेनी गा बि स को  हतेमालो ले  सम्भब भएको  छ ।
       उक्त मन्दिरमा   दर्शन  गर्दा  मनले चिताएको  आकांक्षा   पूरा हुने  विश्वाशले  गर्दा  हजारौं दर्शनार्थिहरू  भाकल गरेका  सामग्री  नयाँ  बर्षको  प्रारम्भमा  चढाउने  गर्दछ्न। यसरी  दर्शनार्थिको विश्वाशले  गर्दा  राजरानी मन्दिरलाई      पूर्वको   मनाकामनको  रुपमा   लिने  गरिन्छ । यो  मन्दिरमा जून  सुकै  समयमा पनि  दर्शन  गर्न  सक्छौं  किन  की मन्दिर खुल्ने  समय र बन्द  हुने समय    भने तोकिएको  छैन ।  यस  मन्दिरमा  भक्त  जनले  भाकल गरेका  बस्तु  बलि  स्वरूप  मन्दिर   बाहिरनै  चढ़ाउने  गरिन्छ । 

Bio-Diversity:-

Bio-Diversity:-


जैविक  बिविधता:-


            राजारानी  पोखरी सुनखरी  फुलले  प्रख्यात  छ ।यस  पोखरीको  क्षेत्र  भित्र ४७  प्रजातिका  सुनखरी  फुलहरू  पाइन्छ ।साथै विश्वमा लोप हुन लागेका  ३  प्रजातिका सुनखरी  फूलहरु  पाऊनुका  साथै    वरपरको  जंगलमा ८० प्रजातिका  सुनखरी  फूल्ने गर्दछ्न। जसरी  यहाँ  बिभिन्न  प्रजतिका  सुनखरी  फुलहरु  फुल्छन त्यसै  गरी बिभिन्न प्रकारका   पुतलीहरु  पानी पीने गर्छन ।यस पोखरीमा रहेको  माछाले  पर्यटको मन  लोभ्याउने मात्र  होइन ,पोखरीमा  रहेका जीबहरु कछुवा , अजिंगर , सर्प , सिंगी माछा , झींगे माछा , गंगटो, पानी हांस  देख्नुका  साथै  धनेश , मयूर र कोइलीको  मिठो स्वर  पनि सुन्न  सकिन्छ ।
        यस क्षेत्र  बिभिन्न  आतंरिक  तथा  बहिय चरा चुरुंगीको  बास स्थानको  रुपमा   पनि  लिन सकिन्छ  । यहाँ  भारत  लगायत  साइबेरिया ,आस्ट्रेलिया  मुलुकका  सिमसार  क्षेत्रका  चरा  चुरुंगीहरुले  पनि  समयको  परिवर्तन  अनुसार  आफ्नो  बास स्थान  बनाउने  गर्दछन । राजरानी पोखरीमा २ -३  प्रकारका  कमलको फूल  पनि  देख्न  सक्छौं  साथै  जल  कुम्भी  र बिभिन्न  ठाऊंमा बिभिन्न  रंगको  पानी  पनि  देख्न   पाईन्छ ।

Climate

Climate:-  


हावापानी :-
         
       राजारानी  पोखरी  समुन्द्र  सतह  देखि ५०० मिटर को उचाईमा   छ । यहाँको  मौसम  गर्मीमा  ३६-३७ डिग्री  सेल्सियस  र  न्यूनतम  १० डिग्री सेल्सियस रहन्छ । जडोमा अधिकतम २- २.२ डिग्री  सेल्सियस  सम्म  रहन्छ । यहाँ  समय  अनुकूलका  खेती  बाली  गर्न  सकिये पनी ,( चिया , काफी , धान, कोदो , तोरी  आदि ) यहाँका  संरक्षण  समितिले पोखरीको  संरक्षणमा  ध्यानमा  राखी हल रोक लगाएको  छ ।






Physical Geography

भौगोलिक  अवस्था 

        राजारानी  पोखरी  पूर्वमा  लेटांग  गा. बि.स ,उत्तर -पुर्विमा यांशिला र  वारंगी , उत्तरमा  भोगटेनी  गा .बि.स कै टोल  मर्चुंगी , कात्तिके र  अँधेरी ,पश्चिममा  केराबारी, पाटि गाँउ  गा .बि .स पर्दछन्  भने दक्षिणमा  बेलबारी  गा .बि. स  र  लेटांग  गा . बि. स  कै  वडा  नं ७ फडानी  पर्दछन् ।    राजारानी पोखरीमा  ३ वटा  पुराना जिर्ण  अबस्थाका  पोखरीलाई यहाँका  संरक्षण   समितिले  केहि नया   रुप  दिएका छन् । तीनै  पोखरीमा  बाध   बाँधिएको छ ।
          यी  तीन  पोखरीहरु  ४० देखि ४२ हेक्टर क्षेत्रफलमा  फैलीएकोछ्  जुन  राजा पोखरी , रानी पोखरी र राजकुमारी  पोखरी  हुन् ।रानी  पोखरी  सबै भन्दा  ठुलो छ  भने राज कुमारी पोखरी, रानी  पोखरीको काखमा  अबथित  छ। राजारानी  पोखरीको  गहिराई  हालसम्म  थाहा  हुनसकेको  छैन । बूढा    पाकाका  भनाइ आनुसार ,राजारानी पोखरीको पुर्व  पट्टि  फेदीमा बग्ने  चिसांग  नदीको  समथर  भूभाग   संग  मिल्दो जुल्दो  पोखरीको  गहिराई रहेको  भनाई  छ   भने  यस  पोखरीको उचाई  चिसांग  नदीको सतहबाट ५०० मिटरको   उचाइमा रहेको छ । 

राजारानी  पोखरीको  नक्शा 

View My Saved Places in a larger map(
 ठुलो  नक्शा  यहाँ क्लिक   गर्नुहोस )

Monday, May 21, 2012

Videos

news
Welcome To Our Videos Page






Photos



राजारानी पोखरी क्षेत्रमा पाइने  चराहरु 

जुरेली 


जुरेली 

बकुल्ला 
ढुकुर 
  बकुल्ला   
बकुल्ला 
  बकुल्ला  



लुइचे 

























News


we will update letest news

About lake

            सारंसमा   दुई शब्द:-

         हाम्रा  प्यारा  आदरणीय  मनुभावहरु , नमस्कार , हार्दिक स्वागत  साथै हाम्रो ब्लोग्स्पोट हेरी दिनु भएकोमा  हामी धेरै  धन्यवाद   हजुरहरुलाई  । हामीले  जे जति  देख्यौं  ,जान्यौं, बुझ्यौं  त्यो त  लेखि सकेका  छौं  तै पनि हजुरहरुलाई सारंसमा  बताउन चाहन्छौं । राजारानी पोखरी वास्तबमा भन्ने हो भने यो  एउटा सानो उपत्यका  जस्तो छ ।यो पोखरी  समुन्द्र  सतह  देखि ५०० मिटर  अग्लो स्थानमा  अबस्थित  छ ।यहाँको मौसम  सारै  मनमोहक छ .गर्मि मौसममा अधिकतम  ३५-३६  डिग्री   पोसे .हुन्छ भने  न्युनतम  १० डिग्री  से . सम्म  रहन्छ । त्यस्तै  जाडो मौसममा  अधिकतम २०-२१ डिग्री  से . र न्युनतम २-२.२  डिग्री से  सम्म  रहने  गर्दछ यहाँको  मौसममा कफी , चिया ,धान, कोदो , अदुवा , खुर्सानी , मकै ,अम्लिसो , तोरी  आदि  खेति गर्न उपयुक्त मौसम  र जमिन  भए पनि  हाल पोखरीको संरक्षणको हेतुले यहाँका  राजारानी  पोखरी संरक्षण समितिले  खेति गर्न  रोक लगाएको छ । राजारानी पोखरी भित्र ४७ प्रजातिका र  वरपरको जंगलमा ८० प्रजातिका  सुनाखरी फुलहरु  पाईन्छन भने  यहि  पोखरी क्षेत्रमानै  विश्वमा  नै  लोप हुन्  लागेका ३ प्रजातिका  सुनखरी फुल पनि  देख्न  पाइन्छ ।जसरी  सुनखरी फुलहरु  विभिन्न  फुल्छन त्यस्तै  सैयौं  प्रजातिका  पुतली  पनि  देख्न  सकिन्छ ।  यहाँ  सुनखरी फुलहरु  माघ महिना देखि  चैत्र  महिना सम्म  देख्न  सकिन्छ।

              यस  राजारानी पोखरी क्षेत्रमा  जीव  जन्तुको  पनि कम छैन , ३-४  प्रजातिका  माछाहरु (झिंगे  माछा , सिंगी माछा , बाम  माछा  आदि ) कछुवा ,भ्याँगुतो ,अजिंगर , पानी सर्प लगायत विभिन्न प्रजातिका चारहरु (कालिज ,लुइचे , धनेश ,सुन मैना , मैना , चिभे , मयुर आदि ) बाग ,बदेल, मृग आदि  पनि देख्नु  पाइन्छ  ।यहाँ  भारतका  सिमसार क्षेत्र लगायत अस्ट्रेलिया , सैबेरिया  लगायतका  सिमसार  क्षेत्रबाट  चारहरु  पुहुनाको  रुपमा  आउने गर्दछन 

         राजारानी मन्दिरको महिमा  पनि  कम छैन ।यहाँ  भक्त  जनले मनले मनले चिताएर  मागेमा आफ्नो  मनोकांक्षा  पुरा  हुन्छ भन्ने  विश्वास छ ।यसरी भाकल  गरिएका  आफ्नो  गक्ष्य   अनुसारको सामग्रीहरु  बैशाखको पहिलो  हप्तामा  (बैसाख  २ गते )  चढाउने  गर्दछन  ।यसरी  दर्शनार्थीहरुको विश्वासले  गर्दा  यो राजारानी  मन्दिर झापा , मोरंग ,सुनसरी  लगायत  पूर्वको मनकामना  मन्दिरको  रुपमा चिन्ने गरेको पाइन्छ।
      राजारानी  पोखरी क्षेत्रमा  वनभोज कार्यक्रमको लागि  पनि  उपयुक्त ठाउं छ । वनभोज कार्यक्रमको  लागि  पोखरीको  पश्चिम  ,दक्षिण  पट्टि हरियाली  जंगलको  सितल छहारीमा  अबस्थित छ ।वनभोज कार्यक्रम लिएर  आउने लाई ध्यानमा राखेर  खाने पानी, शौचालय ,इन्धन  आदिको  व्यवस्था  गरिएको छ ।
          
          आदरणीय  मनुभावहरु यसरी राजारानी  पोखरी  सानो  उपत्यका र  सानो  क्षेत्रमा  फैलिए पनि  धेरै महिमा बोकेको ठाउँ  हो । मनमोहक ,पर्यटकीय  स्थल मात्र  नभएर  एकै ठाउँमा  धेरै  बस्तुको अध्यन  अनुसन्धान  गर्न  सकिन्छ ।