Monday, May 28, 2012

The RajaRani Pokhari (pond) :- An Indentity

Welcome To RajaRani Lake

   राजारानी  पोखरीको  परिचय:





             राजारानी पोखरी  पूर्वी  नेपालको  रमणीय  स्थल   मध्ये  एक  हो । यो  पोखरी  धार्मिक  ,ऐतिहाँसिक  र पर्यटकीय  स्थल को रुपमा  पनि  लिनसकिन्छ ।  यहाँ  तीन  पोखरी  छन्  । राजारानी पोखरी  मोरंग  जिल्ला ,भोगटेनी गा  बि  स  वडा नं  ८  को  राजारानी  सामुदायिक  बन  भित्र  अवस्थित  छ  । यो पोखरी  मोरंग  जिल्लाको  सदरमुकाम  बिराटनगरबाट  ५० किलोमिटर उत्तर , पूर्व -पश्चिम  राजमार्गको बेलबारी  बजारबाट १६ किलोमिटर  उत्तर साथै  बयरबन   गा  बि  स  को कानेपोखरी -लेटांग  सडक  हुँदै १४ किलोमिटर  टाढा  पर्दछ ।यस  राजारानी क्षेत्र  र  पोखरीको बारेमा  विभिन्न  किन्बदंतिहरु  पाइन्छन् । यो पोखरी एउटा  सानो उपत्यका जस्तो देखिने  यहाँ सयौं  प्रजातिका  पुतली ,दुई  दर्जन  भन्दा  बढी   जीवको बासस्थान   मात्र  नभएर  विश्व  प्रसिद्ध  र   विश्वबाट  लोप  हुन्   लागेको सुन्दर सुनखरी फुल को  (orchid flowers) बासस्थान   पनि  हो ।पोखरी वरिपरी  हराभरा ,सुन्दर र  हरियाली वन देख्न  सक्छौं । यस  पोखरीलाई  राजारानी समुदिक  बनका  उपभोक्ताहरुले   संरक्षण   गर्दै  आइरहेका  छन्  ।

Lotus Flwer











         



1 comment:

  1. Hi Dear sir Thanks for visit my blog.I am very happy .i have write in NEPALI .i will write to English.
    Thanks Karan Prerna Nepal

    ReplyDelete